विचार विहीन प्रेम !

संसारमा शक्ति दुई किसिमका हुन्छन् । पहिलो ‘माया’ दोस्रो ‘घृणा’ हो । प्रेम एउटा यस्तो शक्ति हो, जसले मानिसहरूलाई एकअर्कामा जोडेर राख्ने काम गर्दछ । जुन कुरा एक अर्काको वुझाईमा निकै नै फरक रहने गर्दछ । अर्थात् यी दुवै एकअर्कामा कहिले मिल्न सक्दैनन् । प्रेम एउटा यस्तो क्षमता हो, जुन कुरा आफै हुन्छ । म कुनै व्यक्ति वा वस्तुसँग प्रेम गर्छु भनेर हुने कुरा पनि होइन । यो अचानक कोसँग कसरी हुन्छ ? थाहा नै हुँदैन तर जब हुन्छ तब महसुस हुन थाल्छ । सधैँ ऊऊऊऊऊऊ उसकै याद… ।

जसरी भनिन्छ नि, जहाँ साँचो माया हुन्छ, त्यहाँ अवश्य झगडा हुन्छ । प्रेममा हजारौँ समस्या, झगडाहरू बीचको आपसी समझदारी हो । जसमा हजारौँ गुनासाहरू हुन्छन् तर पनि प्रेम जीवित नै रहेको हुन्छ, सदैव प्रेमको दियो मुटुमा बलिरहेको हुन्छ । जसरी सूर्यबिना फुलको जीवनचक्र सुरु हुँदैन, त्यसरी नै मानिस प्रेम बिना जीवन असमर्थ रहन्छ’ । प्रेम एउटा अजम्बरी र अमर ऊर्जा हो । जसले हामीलाई सकारात्मक ऊर्जा दिने गर्दछ । प्रेमको पराकाष्ठा यो हो कि यसले कोही कसैलाई पनि कमजोरी महसुस गरी चुपचाप सहेर बस्न पनि दिँदैन ।

जान्नुहोस् कि उसले मलाई आशाको ढोका तोड्न दिँदैन । अर्थात् उसले मलाई दिएका दुई कदमसँगै हिँड्ने बचन बिचैमा रोकेर जाने छैन । प्रेम एक अभिव्यक्ति हो । जुन सत्य हुन्छ । जसमा कुनै स्वार्थ हुँदैन । प्रेम बिना जीवन नै निरस हुन्छ । प्रेम महसुस हो बन्धन होइन । प्रेम सहमति हो बदला होइन । प्रेम वर्तमान हो विगत होइन । जसरी जुन कुरालाई हामी मन पराउँदैनौँ कुनै न कुनै दिन भगवानले हामीलाई त्यहीँ रूपमा जन्म दिलाउनुहुन्छ । त्यसैले एउटा भनाई छ “खाँदिन भनेको कुरा खानु पर्दछ, गर्दिन भनेको कुरा गर्नुपर्दछ, जाँदिन भनेको ठाउँमा जानुपर्दछ” त्यसकारण कहिले पनि कोही कसैलाई भुलेर पनि घृणा गर्नु हुँदैन । बदला र घृणा यी दुई कुरा भनेका यस्ता शब्द हुन जुन कुनै समयमा पनि हामीलाई नै आउन सक्छ ।

“प्रेम भनेको त्यस्तो भावना हो जुन व्यक्तिमा भन्दा बढी हृदयमा महसुस हुने गर्दछ ।’

हामी जसलाई प्रेम गर्छौँ सदैव उही प्रति समर्पित रहन्छौँ । न कुनै स्वार्थ न कुनै सर्त र भेदभाव बिना । यदि हामीले कसैलाई भित्री हृदयले प्रेम गर्छौँ भने उसको मुटुमा सदैव बस्ने गर्दछौँ । जसलाई प्रेम गर्छौँ सदैव उ समक्ष प्रेम पूर्वक प्रस्तुत हुनुपर्दछ । जसले दुबैलाई सहजता महसुस गराउँदछ ।

‘प्रेमले दुवैको आत्मालाई मिलन गराउँदछ बिछोड होइन ।’

जसले प्रेम निश्चल, निस्वार्थ रूपले सदैव दिने गर्दछ, फलस्वरूप बदलामा केही आशा राख्दैन । प्रेम सधैँ हाम्रो लागि हुनुपर्दछ मेरो, आफ्नो लागि होइन । त्यस्तो प्रेममा अलिकति पनि घृणा हुँदैन । त्यसैले सबैलाई सदैव प्रेम गर्नुहोस् ।

लोकेन्द्र थापा
मधुवन नपा ३ बर्दिया

प्रतिक्रिया

2 thoughts on “विचार विहीन प्रेम !

  1. Yeah!! you are absolutely right and I agree with you cause love is the most powerful weapon which can unite everyone together to reconciliation and faith and noone can separate each other from love.

Leave a Reply

Your email address will not be published. Required fields are marked *