चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको राप्ती –९ कि ३५ वर्षकी एक महिलाको मृत्यु भएको हो । ती महिलामा भदौ १४ गते कोरोना पुष्टि भइ भरतपुर अस्पतालको कोभिड आईसीयूमा उचाररत थिइन् ।

मृतक महिला मिर्गौलाको रोगबाट ग्रसित थिइन् । ति महिलाको आज अपरान्ह ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । आज दिउँसो मात्र चितवन मेडिकल कलेजमा गैंडाकोटका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । जसमध्ये चितवनका ११ जना, मकवानपुरका चार जना, नवलपरासी पूर्वका २, गोरखा, कैलाली र बाराका एक/एक जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =