काेराेना अपडेटः १२२८ संक्रमित थपिए, ९१७ डिस्चार्ज, काठमाडाैंमा मात्रै ३५७ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २२८ जना संक्रमित थपिएका छन् भने ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको थप अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ । संक्रमितमध्ये २४ हजार २०७ जना डिस्चार्ज भइसकेका छन् । १८ हजार ४१३ सक्रिय संक्रमितको उपचार चलिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये हाेम आइसोलेसनममा ७ हजार ७४२ जना रहेका छन् ।

यस्तै क्वारेन्टिनमा ६ हजार ७४९ जना छन् । आज थपिएका संक्रमितमध्ये काठमाडाैंका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जना रहेकाे पनि प्रवक्ता डा. गाैतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =