कोरोनाको प्रभावकारी औषधि सबैभन्दा सस्तोमा हामीले नेपालमा ल्याएका छौं: वैद्य

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपाल दुखेको करिब ७ महिना भएको बितेको छ । यसकै कारणले विश्व नै ठूलो समस्यामा गुज्रेको छ । विकसित देशहरु समेत कोरोनाका कारणले थला परेका छन् । नेपाल पनि यो साझा समस्याबाट अछुतो छैन । त्यसलाई मध्यनजर गरेर कोरोना संक्रमितहरु तथा बिरामीका लागि प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधिको पहिलो ब्याच नेपाल आइपुगेकाे छ ।

यतिकेम वितरक प्रालिले कोभिड–१९का संक्रमितलाई प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि नेपालमा ल्याइएको हो । यतिकेम वितरक प्रालिका प्रबन्ध निर्देशक पृथ्वी राज वैद्यले नेपालमा सबैभन्दा सस्तोमा ‘रेम्डेसिभिर’ औषधि नेपाल ल्याएको दावी गरेका छन् । सुरुमा यस कम्पनीले ४ सय ८० भायल औषधि नेपाल ल्याएको छ । नेपालले सृुरुमा नै सो औषधि ल्याउन अनुमति नदिएका कारणले थोरै मात्रामा औषधि नेपाल ल्याएको हो । भारतबाट आयात हुने ‘रेम्डेसिभिर’ औषधि भारतले अन्य देशलाई दिने कोटाबाट नेपाललाई दिएको हो ।

नेपालमा २० हजार भायल औषधिको माग भए पनि सो औषधि ल्याउनका लागि भरतमा एसेम्बल गर्ने कम्पनीलाई अग्रिम अडोर गरेर पैसा पठाउन पर्ने कम्पनीका वैद्यले बताए ।

सुरुमा नै नेपाल सरकारले औषधि ल्याउन अनुमति दिएको भए नेपालको मागअनुसार नै औषधि ल्याउन निर्यात कम्पनीलाई सहज हुने थियो । सुरुमा ४ सय ८० भायल ‘रेम्डेसिभिर’ औषधि ल्याएको कम्पनीले अब पुनः ४ सय ८० भायल नै ‘रेम्डेसिभिर’ औषधि ल्याउने तयारी थालेको छ ।

नेपालमा औषधि भित्री क्रम सुरु भएको समय भएकाले सुरुको समयमा औषधिको माग धेरै भएको वैद्यले बताए । सुरुमा कोरोनाको उपाचर गर्ने अस्पताहरुले स्टक राख्ने भएकोले पनि सुरुमा माग धेरै रहेको छ ।

औषधि व्यवस्था विभागबाट स्वीकृत लिएको कारणले औषधि ल्याउन कुनै समस्या छैन् । अमेरिकन कम्पनीले उत्पादन गरेको ‘रेम्डेसिभिर’ भरतको गुवामा एसेम्बल गर्ने कम्पनीबाट कम्पनीले नेपाल ल्याएको छ । भरतबाट गाडीमार्फत् ‘रेम्डेसिभिर’ औषधि नेपाल आउने गरेको छ ।

विश्वभर नै कोरोनाको बिरामीहरुलाई ‘रेम्डेसिभिर’ नामक औषधि प्रयोग भएको कारणले यो औषधि प्रभावकारी रहेको वैद्यले बताए । यतिकेमको निगरानीमा सिप्ला लिमिटेडले ‘सिपरेमी’ नामक ब्रान्डको उक्त औषधि विश्व बजारमा पुर्याउन उत्पादनको भूमिका खेलेको छ ।

‘रेम्डेसिभिर’ औषधि आइसोलेसनमा राखेका बिरामीहरु प्रयोग गरिन्छ । यो सबै कोरोनाको बिरामीलाई प्रयोग हुँदैन । त्यसै कारणले पनि नेपालमा २० हजार भायल भए पुग्ने अवस्था रहेको वैद्यले बताए ।

विश्वभर नै ‘रेम्डेसिभिर’ को नै कोरोनाको उपाचरमा प्रयोग भएको कारण नेपालमा पनि यसको माग रहेको छ । यो औषधि यतिकेम वितरक प्रालिले नेपाल ल्याएर नेपाल सरकारलाई दिने र सरकारले कोरोनाको उपचार गर्ने अस्पतालहरुलाई प्रयोग गर्न दिने छन् । यो औषधि व्यतिmले किनेर प्रयोग गर्न पाउँदैनन् ।

प्रति सिसी (पर भायल) ६ हजार ४ सय रुपैयाँ मूल्य पर्छ । कम्पनीले नेपालमा सबैभन्दा सस्तो औषधि ल्याएको दावी गरेको छ । बिरामीको अवस्था हेरेर अवश्यक्ताअनुसार प्रयोग हुन्छ । कम्पनीले सबै संक्रमितको पहुँचमा पुगोस् भन्ने उद्देश्यले सस्तोमा यो औषधि उपलब्ध गराइएको दावी गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मापदण्ड र निर्देशन अनुसार नेपाल सरकारले कोभिडका गम्भीर बिरामीलाई यो औषधिको प्रयोग गर्न भर्खरै सुरु गरिसकेको छ । परिषद्ले नै तोकेको चिकित्सकको निगरानीमा औषधि प्रयोग भइरहेको छ । यो औषधि हालै मात्र ‘फूड एन्ड ड्रग (एफडिए) एडमिनिस्ट्रेसन’, युएसले ‘इमर्जेन्सी युज अथोराइजेसन उपचारका रुपमा कोभिडबाट संक्रमण पुष्टि भएका बालबालिक तथा युवालाई प्रयोग गर्न स्वीकृती दिएको छ ।

नोटः यतिकेम वितरक प्रालिका प्रबन्ध निर्देशक वैद्यसँग मकालु खबरकर्मी राजाराम न्यौपानेले कुरा गरेको आधारमा तयार पारिएको सम्पादित अंश ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *