काठमाडौं मेडिकल कलेजमा अब ओपीडी निःशुल्क

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिदै आएको अस्पतालले बिहिबारबाट लागु हुँनेगरी ओपीडी निःशुल्क गरेको हो ।

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्षको जिम्मेवारी सोमबारबाट सम्हालेका छन् ।

डा.शर्माको प्रवेश लगत्तै अस्पतालले बहिरंग सेवा वापतको स्वास्थ्य परीक्षण शूल्क हटाउँने निर्णय लिएको हो । बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्न ओपीडी निःशुल्क गरिएको अस्पताल अध्यक्ष डा.शर्माले जानकारी दिए ।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेकाले दुबैमा ओपीडी निःशुल्क हुनेछ । सशुल्क उपचार सेवाको दररेट भने पुरानै कायम छ । सामान्य अवस्थामा सो अस्पतालमा उपचारका लागि दैनिक करिब १ हजार २ सय बिरामी आउँने गरेका छन् । कोरोनाका कारण अहिले भने दैनिक करिब २ सय बिरामीको उपचार हुँदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *