काेभिड १९ का कारण राेकिएका परीक्षा घरैबाट, परीक्षार्थीले पालना गर्नुपर्नेछ यी नियम

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस तथा परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेकाे छ ।

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्काे भाद्र १४ गते र कार्यकारी परिषद्काे १५ गतेकाे निर्णय अनुसार सेमेस्टर प्रणाली अन्तर्गत स्नातक/स्नातकाेत्तर तहकाे नियमित तर्फका परीक्षार्थीहरूकाे वैकल्पिक विधिबाट परीक्षा सञ्चालनका लागि नियम तयार पारिएकाे हाे ।

काेभिड १९ का कारण परीक्षा राेकिएपछि वैकल्पिक विधि ‘टाइम बाउन्ड होम एक्जाम’ सञ्चालन गर्न लागिएकाे हाे । नियमानुसार इन्टरनेट, विद्युत, पेन, एफोर साइज पेपर आदि परीक्षार्थीले नै जुटाउनु पर्नेछ । यस्तै  परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडि परीक्षार्थीले आफ्नो आधिकारिक इमेल सम्बन्धित क्याम्पसमा पठाउनु पर्नेछ ।

यसैगरी परीक्षा सुरू हुनुभन्दा १५ मिनेटअघि परीक्षार्थीले आफ्नो इमेल आइडीमार्फत् प्रश्नपत्र प्राप्त गर्नेछन् । परीक्षामा सहभागी हुन प्रत्येक परीक्षार्थीले नियमानुसार परीक्षा फाराम भरी परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्य रूपमा राेल नम्बर प्राप्त गरेकाे हुनुपर्नेछ  ।

उत्तरपुस्तिकामा परीक्षार्थी स्वयंले हातले लेखेको हुनुपर्नेछ । ‘अरुबाट लेखाइएको, कम्प्युटर टाइप गरिएको, कार्बन कपी गरिएको, पुस्तकबाट हुबहु सारिएको वा अन्य कुनै पनि विधि प्रयोग गरिएको पाइएमा त्यस्ता उत्तरपुस्तिका स्वतः बदर हुनेछ’, पूविद्वारा जारी नियममा भनिएको छ ।

पुरा नियमहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *