सन् २०२१-३० लाई ‘पर्यटन दशक’ मनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता

काठमाडौं । पर्यटन दशक मनाउने पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता भएको छ ।

भ्रमण वर्ष ट्वयुन्टी वयुन्टी स्थगित भएपछि मन्त्री भट्टराईले ल्याएको पर्यटन दशकको प्रस्ताव मन्त्रिपरिषद्बाट फिर्ता भएको हो ।

पर्यटन मन्त्रालयले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको उक्त कार्यक्रम ती दुवै दस्तावेजमा नपरेको उक्त प्रस्ताव मन्त्रिपरिषद्बाटै फिर्ता भएको पाइएको हो ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गत ७ असारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईले प्रस्ताव गरेको ‘पर्यटन दशक २०२१–२०३०’लाई फिर्ता गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थान एवं दिगो पर्यटन कार्यक्रमका लागि पर्यटन दशकको प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो ।

२० लाख पर्यटक भित्र्याउने गरी सन्  २०२० मा सञ्चालन गरिएको पर्यटन वर्ष कोराना महामारीका कारण स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *