मर्स्याङ्दीमा मिनी ट्रक खस्यो

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरी टोलीको नदीमा खसेको मिनी ट्रकको खोजी कार्य शुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको सो ट्रकले सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए । ‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य शुरु गरिसकेको छ, केहीबेरमा थप विवरण आउँछ ।’

प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =