के महामारीबाट बच्न भ्याक्सिन नै चाहिन्छ र ?

एजेन्सी । स्थानीयस्तरमा बन्दाबन्दी (लकडाउन्) लगाउन सक्दा युरोप बिना भ्याक्सिन नै कोरोनाको समयमा सुरक्षित रहन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

संगठनका युरोपीय क्षेत्रीय निर्देशक ह्यान्स क्लुगले युरोपमा राष्ट्रियस्तरमा लकडाउन् जरुरी नरहेको पनि बताएका हुन् ।

उनले एक न्यूज एजेन्सीसँग भनेका छन्, ‘‘महामारीमाथि विजय पाउन भ्याक्सिन नै चाहिन्छ र ? त्यस्तो विजय हामीले तब पाउन सक्छौं, जब हामी महामारीसँगै बाँच्न सिक्नेछौं ।’

आगामी समयमा कोरोनाको दोस्रो तरंग आउन सक्ने अवस्थाबाट बच्न पनि राष्ट्रियस्तरमा लकडाउन् आवश्यक नरहेको उनको भनाइ थियो ।

‘‘अवस्था हेरेर स्थानीयस्तरमा भने लकडाउन् गर्नुपर्ने हुन सक्छ ।’ क्लुगले भनेकी बीबीसीले जनाएको छ । बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *