काेराेना अपडेटः उपत्यकामा ४८१ सहित देशभर १०६९ जनामा संक्रमण पुष्टि

काठमाडौं । आज (मंगलबार) थप एक हजार २९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४८१ सहित देशभर एक हजार २९ जना संक्रमित थपिएको जानकारी दिएका हुन् । संक्रमितमध्ये ३४४ महिला र  ७२५ जना पुरूष छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंका ३९३, भक्तपुरका ३० र ललितपुरका ५८ जनामा संक्रमण पुष्टि भएको छ । अन्य संक्रमित विभिन्न जिल्लाका छन् । यस्तै उनले आजै मात्र ७६८ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । संक्रमितमध्ये २२ हजार १७८ जना निको भएर फर्किसकेका छन् । आईसीयुमा १२७ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा १७ जना छन् । क्वारेन्टिनमा ७ हजार ३९० जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =