‘ब्रा’ को प्रयोगले स्तन क्यान्सर हुन्छ ? जानाैँ स्तन क्यान्सरबारे ११ मिथ्या तथ्य !

एजेन्सी । महिलाहरूमा हुने एक डरलाग्दाे राेग हाे स्तन क्यान्सर । नेपालमा थुप्रै महिलाहरूकाे स्तन क्यान्सरबाट वर्षेनी मृत्यु भएकाे पाइन्छ । याे खतरनाक राेगबारे धेरै भ्रमहरू पनि फैलाइएकाे छ ।

के हाे त स्तन क्यान्सर ? स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । के कारणले क्यान्सर हुन्छ भन्ने सम्बन्धमा धेरै भ्रमहरू फैलिएकाे छ ।

आउनुस् यसबारे फैलिएका भ्रमबारे जानौँ:

स्तनमा आउने गाँठागुठी र गिर्खा

यदि स्तनमा सामान्यतयाः गाँठागुठी र गिर्खा आउँदैमा त्यो स्तन क्यान्सरको लक्षण नहुन सक्छ । त्यस्ता लक्षण भेटिएमा अस्पतालमा गएर स्वास्थ्य जाँच गराउनुपर्छ । धेरैजसो महिलाहरुमा यस्तो समस्या फ्याट र सिस्टबाट पनि हुने र १० प्रतिशत महिलाहरुमा भने स्तन क्यान्सरको लक्षण हुने डाक्टरहरु बताउँछन् । त्यसैले क्यान्सरको लक्षण हो वा फ्याट हो समयमै जान्न जरुरी छ ।

‘अन्डरओयर र ब्रा’ को प्रयोग

महिलाहरु आफूले प्रयोग गर्ने ‘अन्डरओयर र ब्रा’ ले पनि स्तन र पाठेघरको क्यान्सर गराउँछ भन्ने भ्रममा रहेका छन् । तर यो मिथ्या मात्रै भएको विशेषज्ञहरु बताउँछन् ।

पर्फ्युम

अध्ययनका अनुसार पर्फ्युम र स्तन क्यान्सरबीच कुनै पनि सम्बन्ध छैन । जो महिला यसको प्रयोग गर्छन् तिनीहरुलाई स्तन क्यान्सर हुन्छ भन्ने कुरा भ्रम मात्रै भएको विशेषज्ञहरु बताउँछन् ।

ठूला स्तन

ठूला स्तन हुने महिलामा स्तन क्यान्सर हुन्छ भन्ने भ्रम फैलिएको पाइन्छ । तर यो विलकुलै गलत भएको डाक्टरहरुको भनाई छ । स्तन क्यान्सर र स्तनको आकारको कुनै पनि सम्बन्ध छैन ।

परिवारमा स्तन क्यान्सर नहुनु

८० प्रतिशत स्तन क्यान्सर बंशानुगत कारणले हुने गर्छ । तर परिवारमा कसैलाई स्तन क्यान्सर नभए पनि अन्य सदस्यहरुलाई क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले परिवारमा कसैलाई स्तन क्यान्सर भएको छैन र अन्य सदस्यलाई पनि हुँदैन भन्ने भ्रममा पर्नुहुँदैन ।

स्तन क्यान्सरको उपचार

स्तन क्यान्सरको उपचार सम्भव छ । पहिलो स्टेजमा नै पत्ता लगाउन सकेमा स्तन क्यान्सर निको हुन्छ तर दोस्रो वा तेस्रो स्टेजमा पुगेपछि यसको उपचार गर्न निकै मुश्किल पर्छ ।

स्तन क्याक्सर सर्छ ?

महिलाहरु स्तन क्यान्सर एकबाट अर्कोमा सर्छ भन्ने भ्रममा छन् । तर यो विलकुलै गलत हो । स्तनमा क्यान्सरका कोशिकाहरुको अनियमित वृद्धिले क्यान्सर हुने गर्छ । क्यान्सर भएको महिलाको नजिक जाँदैमा स्तन क्यान्सर सर्दैन ।

पुरुषमा स्तन क्यान्सर

स्तन क्यान्सरको समस्या महिलामा मात्रै होइन पुरुषहरुमा पनि हुने गर्छ । पछिल्लो समय पुरुषहरुमा पनि स्तन क्यान्सर भएको पत्ता लागेको छ ।

मेनोपोजपछि

महिनावारी बन्द भएपछि महिलामा स्तन क्यान्सर हुँदैन भन्ने भ्रम मात्रै हो । महिनावारी बन्द भएपछि शरीरमा फ्याटको मात्रा बढ्छ र क्यान्सर लाग्न सक्छ ।

स्तन निकाल्दैमा

ब्रेस्ट कन्जर्वेशन सर्जरी (लम्पेक्टोमी) द्वारा क्यान्सर प्रभावित अंग हटाउँदा पनि क्यान्सरको उपचार हुन्छ । तर स्तनमा गिर्खा र गाँठागुठी धेरै छन् भने स्तन नै फाल्न जरुरी हुन्छ ।

स्तन ट्रान्सप्लान्ट

स्तन ट्रान्सप्लान्टबाट क्यान्सर हुने कुरा शतप्रतिशत सत्य होइन । यसले क्यान्सर गराउँदैन । तर ट्रान्सप्लान्टपछि महिलाहरुले दोस्रोपटक मेमोग्राफी वा फलोअप गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *