काेराेना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेकाे मृत्यु भएकाे छ ।

लामाे समयदेखि मुटुकाे समस्या झेेलिरहेका उनकाे मुटुकै उपचारका क्रममा ठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । ७० वर्षका उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।

उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा उनीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । उनकाे आज मृत्यु भएकाे हाे ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए । उनकाे शवलाई आजै नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *