पदचिन्ह छाड्ने तीन काम गर्न शिक्षामन्त्रीलाई डा. बाबुरामको सुझाव

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीलाई तीन बुँदे सुझाब दिएका छन् । डा. भट्टराईले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई राम्रो काम गरेर पदचिन्ह छाड्ने भए तीन वटा काम गर्न सुझाएका हुन् ।
शिक्षामन्त्री पोखरेलले पुस्तकालय दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा प्रतिकृया दिँदै डा. भट्टराईले शिक्षा क्षेत्रको विकास र सुधारका लागि जनप्रतिनिधि, शिक्षक र कर्मचारीले अनिवार्य रुपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गर्न भनेका छन् ।
डा. भट्टराईले विश्वविद्यालयमा भागबण्डाको अन्त्य गर्न समेत सुझाएका छन् । देशका विभिन्न विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्ति हुँदा शैक्षिक गुणस्तर अस्तव्यस्त छ । डा. भट्टराईले जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयहरुको सञ्जाल बनाउन सुझाएका छन् ।
डा. भट्टराई शिक्षामन्त्री पोखरेलले १३ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा दिएको शुभकामना सन्देशप्रति उक्त सुझाव दिएका हुन् ।
शिक्षामन्त्री@girirajmanipokले कुनै पदचिन्ह छोड्नेभए यसो गर्नोस्:१.जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउनोस;२.जनप्रतिनिधि/शिक्षक/कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने गर्नोस्;३.विश्वविद्यालयमा भागबण्डा अन्त्य गर्नोस! https://t.co/Ukh0B8x0k9
— Baburam Bhattarai (@brb1954) August 31, 2020








