बार्सिलाेनाबाट बाहिरिने पहिलाे खेलाडी बने राकिटिच

एजेन्सी । बार्सिलाेनाका मिडफिल्डर इभान राकिटिच क्लबबाट बाहिरिएका छन् । क्रोएसियन मिडफिल्डर राकिटिच यो सिजन बार्सिलोना छाड्ने पहिलो स्टार खेलाडी बनेका छन् । उनी आफ्नो पूर्व क्लब सेभिल्ला प्रस्थान गरेका छन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए । बार्सिलोनाको योजनामा नरहेका राकिटिच आफ्नो पूर्व क्लब सेभिल्ला फर्कने पक्का भएको हो । त्यसका लागि अहिले उनकाे स्वास्थ्य जाँच भइरहेकाे छ ।

राकिटिचले सेभिल्लासँग दुई वर्षको सम्झौता गर्ने पक्का भएको छ । उनी आफ्नो मुल्यभन्दा केही कम रकममा सेभिल्ला पुगेका हुन् । नयाँ सम्झौता अनुसार उनले वार्षिक २.७ मिलियन पाउन्ड पाउनेछन् । गत सिजन राकिटिचले ७ मिलियन कमाई गरेका थिए । उनको पुर्व क्लब फर्कनको लागि दुई क्लबबीच सामान्य शुल्कमा सहमति भएको हो ।

राकिटिचसँगै अन्य केही स्टार खेलाडीहरुले यस सिजनमा बार्सिलोना छाड्न सक्नेछन् । राकिटिच यसअघि गत जनवरीमा सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा चलेपनि उनी बार्सिलोनामै रहेका थिए ।

३२ वर्षे मिडफिल्डर २०१४ मा बार्सिलोना जानुअघि सेभिल्लाबाट युरोपा लिग जितेका थिए । उनले बार्सिलोनाका लागि ३१० खेलमा ३६ गोल गरेका छन् । उनले बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे र समान एकपटक च्याम्पियन्स लिग, फिफा क्लब वर्ल्ड कप, युइएफए सुपर कप र सुपर कोपा जितेका छन् । राकिटिच २०११ मा जर्मन क्लब साल्केबाट सेभिल्ला पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *