हाेम आइसोलेशनमा बसेकी काेराेना संक्रमित महिलाकाे मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो ।

शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उनकाे आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्नेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *