चितवनका १७ सहित थप २४ जनामा काेराेना संक्रमण पुष्टि

  • ध्रुवराज खनाल

चितवन । चितवनका १७ सहित थप २४ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

चितवन मेडिकल कलेज (सिएमसी) बाट स्वाब संकलन केन्द्रमा १५९ जनामा गरिएको परिक्षणमा भरतपुरका १५ सहित २४ जनामा कोरोना पुष्टि भएको हो ।

मकवानपुरका र नवलपुरका ३/३ जना, नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै रत्ननगर नगरपालिकाको वडा नम्बर ८ र १४ का २ जना महिलामा कोभिड १९ पुष्टि भएको अस्पतालले जनाएको छ ।

यसअघि नै संक्रमित भएका दुई जनाको पुनः परिक्षण गराउँदा फेरि पनि पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *