सैयौं विद्यार्थीलाई कोरोना संक्रमण भएपछि अमेरिकाका कलेजहरू फेरि बन्द

एजेन्सी । अमेरिकाकाे केही राज्यमा विश्वविद्यालय र कलेज खुलेपछि विद्यार्थीहरुहरूमा समेत काेराेना भाइरस (काेभिड १९) संक्रमण बढेकाे पाइएकाे छ । पठनपाठन सुरू भएपछि विद्यार्थीहरुमा समेत संक्रमण बढेकाे हाे ।

विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेकाे समाचार एजेन्सी रोयटर्सले जनाएकाे छ । स्टेट युनिभर्सिटी अफ न्युयोर्कमा सयभन्दा बढी विद्यार्थीमा संक्रमण भएकाे पाइएपछि  न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली त्यहाँ जाँदैछ । विश्वविद्यालयका चान्सलरले भने विद्यार्थीहरु भोज र रमाइला गतिविधिमा सहभागी भएकाले उनीहरु संक्रमित भएको तर्क गरेका छन् ।

अमेरिकामा हालसम्म संक्रमित संख्या ६० लाख नाघिसकेकाे छ भने एक लाख ८४ हजारभन्दा धेरैकाे ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *