निषेधाज्ञा उल्लंघन गर्ने ११ हजार बढी सवारी साधन समातिए, उपत्यका भित्रने नाकामा कडाइ !

काठमाडाैं । निषेधाज्ञा उल्लंघन गरी चलाइएका ६०६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

आज (सोमबार) १२ बजेसम्म काठमाडाैं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ६०६ वटा सवारी साधन नियन्त्रणमा लिएकाे हाे । जसमध्ये ५०६ ओटा दुई पाङग्रे र सय ओटा चार पाङग्रे सवारी साधन रहेका छन् ।

निषेधाज्ञा सुरू भएदेखि हालसम्म ट्राफिक प्रहरीले ११ हजार ७७५ वटा सवारी साधन नियन्त्रणमा लिएर सम्झाएर तथा जरिवाना लगाएर छाेडेकाे छ । उपत्यकाकाे नाकामा समेत कडाइ गरिएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।

‘अहिले उपत्यका भित्रिने नाकामा कडाइ गरेका छाैँ । उपत्यकाभित्र मात्रै १ हजार ४२४ जना ट्राफिक प्रहरी खटाएका छाैँ’, एसएसपी ढकालले मकालु खबरसँग भने, ‘१५२ ठाउँमा ट्राफिक चेक पाेइन्ट राखेका छाैँ भने १२० ठाउँमा सचेतना बाेर्ड राखेका छाैँ ।’

काठमाडौं उपत्यकामा आज पनि अत्यावश्यक सेवाका सवारी साधन मात्र चलिरहेका छन् । अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन नचलाउन सबैमा ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ । अनावश्यक कामका लागि बाहिर निस्कने सवारी साधन र मानिसहरूलाई नियन्त्रणमा लिने कार्य पनि जारी राखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *