को हुन् हड्तालमा मृत्यु भएकी ‘इब्रु तिम्तिक’ ?

एजेन्सी । जनताको पक्षमा आवाज उठाउँदा मृतवरण भोगेकी मानव अधिकारकर्मी इब्रु तिम्तिकको संसारभरि चर्चा चुलिएको छ ।

संसारभरिका न्यायप्रेमी जनताले उनीप्रति श्रद्धाञ्जली दिएका छन् । तिम्तिक एक मानव अधिकारवादी वकिल थिइन् । उनको जन्म सन् १९७८ मा एक कुर्दिस परिवारमा भएको थियो ।

सेप्टेम्बर २०१७ मा मा टर्की सरकारले १८ वकिलहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने सबै प्रगतिशील वकिल संघ वा पिपुल्स ल ब्यूरोका सदस्य थिए ।

जसले मुख्यतः सरकारी दमन र उत्पीडनविरुद्ध निरन्तर मानव अधिकारको पक्षमा जनताको आवाजको प्रतिनिधित्व गर्दथे । जसमा तिम्तिक पनि एक थिइन् ।

मार्च २०१९ मा इब्रुसहितका वकिलहरुलाई त्यहाँको सरकारले प्रतिबन्ध लगाएको पार्टी क्रान्तिकारी पिपुल्स लिबरेशन पार्टी/ फ्रन्टको सदस्य भएको आरोप लगाउँदै अदालतले उनलाई १३ वर्ष ६ महिना लामो जेल सजाय सुनाएको थियो ।

निष्पक्ष अदालतको माग राख्दै जनवरी २, २०२० देखि तिम्तिक भोक हड्तालमा थिइन् । २३८ दिन लामो भोक हड्तालपश्चात् इस्तानबुल हस्पिटलमा २७ अगस्टमा उनको मृत्यु भएको हो ।

टर्कीमा यो वर्ष मात्रै भोक हड्तालबाट मर्ने तिम्तिक चौंथो विन्दु हुन् । यस अघि पनि भोक हड्तालको कारण जनप्रिय गायकहरु हेलिन बोलेक, इब्राहिम गोकेक र मुस्तफा कोकाकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *