कोरोना अपडेटः उपत्यकामा ४२९ सहित देशभर १२२१ संक्रमित थपिए, २६७ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ४२९ सहित देशभर १ हजार २२१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ संक्रमित डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

आजको अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ । संक्रमितमध्ये २० हजार ८२२ जना डिस्चार्ज भइसकेका छन् । १७ हजार ५१८ सक्रिय संक्रमितको उपचार जारी छ ।

सक्रिय संक्रमितमध्ये ६ हजार ९०६ जना होम आइसोलेसनमा छन् । भेन्टिलेटरमा १७ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *