नाग्म बजारमा पहिराेले चार घर पुरियाे, एक बालकसहित तीन जनाकाे मृत्यु

कालिकाेट । कालिकाेटकाे तिलागुफा नगरपालिका- १ नाग्म बजारमा पहिराेले चार घर पुरिँदा तीन जनाकाे मृत्यु भएकाे छ ।

आज (आइतबार) बिहान पहिराेले घर पुरिँदा ५ वर्षीय निराजन शाही, ३५ वर्षीया हिमा शाही र ४० वर्षीया प्रयाग शाहीकाे मृत्यु भएकाे हाे । घाइतेमध्ये दुई जनाको सकुशल उद्धार गरिएकाे जिल्ला प्रशासन कार्यालय कालिकाेटका प्रजिअ चन्द्र प्रसाद गैरेले मकालु खबरलाई जानकारी दिए ।

‘जिल्ला प्रशासन कार्यालय जुम्ला घटनास्थलबाट नजिक पर्ने हुँदा त्यहाँबाट समन्वय भइरहेकाे छ । हालसम्म १३ वर्षीय बालक अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीको सकुशल उद्धार भइसकेकाे छ’, प्रजिअ गैरेले भने ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयकाे सहायतामा उद्धार कार्य जारी रहेकाे पनि प्रजिअ गैरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *