भारतमा एकैदिनमा अहिलेसम्मकै अत्यधिक संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै उच्च संक्रमित थपिएका छन् । त्यहाँ एकैदिन ७८ हजार ७६१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ९४८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै त्यहाँ कुल संक्रमितकाे संख्या ३५ लाख नाघेकाे छ । संक्रमितमध्ये ६३ हजार ४९८ जनाको मृत्यु भइसकेकाे छ ।

भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । कूल सङ्क्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *