काेराेना संक्रमणबाट राैतहटका एक पुरूषकाे मृत्यु

वीरगञ्ज । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट राैतहटका थप एक जनाकाे मृत्यु भएकाे छ ।

राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा आज (आइतबार) बिहान ७ः४० बजे मृत्यु भएकाे हाे । उनी भदाै १२ गते अस्पताल भर्ना भएका थिए ।

मृतक पुरूष मधुमेह र दमका राेगी थिए । उनीमा काेभिड निमाेनिया देखिएकाे थियाे । खोकी र श्वासप्रश्वासमा समस्या भएपछि  उनलाई नारायणीमा अस्पताल भर्ना गरिएकाे थियाे । त्यहाँ परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएकाे थियाे । त्यसपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको थियाे । त्यहीँ उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *