परिवारले अस्पताल लैजान मानेनन्, होम आइसोलेशनमै भयाे काेराेना संक्रमितकाे मृत्यु

भक्तपुर । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट भक्तपुरमा एक जनाकाे मृत्यु भएकाे छ । उच्च रक्तचाप र मधुमेह लगायत औषधि सेवन गरी हाेम आइसोलेशनमै बसिरहेका संक्रमितकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरूष रहेका छन् । श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएकाे थियाे । १२ गते रिपाेर्ट पाेजेटिभ आएको थियाे ।

संक्रमणपछि अस्पताल जान सुझाएपनि परिवारले होम आइसोलेशनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेकाे जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । उनका अनुसार अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो । उनकाे होम आइसोलेशनमै गएराति मृत्यु भएकाे हाे ।

मृतककाे शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *