लता मंगेशकरको भवन शिल, कस्ताे छ उनकाे अवस्था ?

नयाँ दिल्ली । प्रसिद्ध गायिका लता मंगेशकरको भवन  ‘प्रभुकुञ्ज’ बीएमसीले शिल गरेको छ । लता मंगेशकर साउथ मुम्बईको चमवाला हिलमा बस्छिन् जहाँ उनकाे भवन शिल गरिएकाे छ ।

यद्यपी उनी र उनको परिवार सुरक्षित छन् । भवन शिल गरिएको खबर बाहिरिने बित्तिकै उनको स्वास्थ्यबारे भ्रम फैलिएको छ । भ्रम फैलिएपछि लताको परिवारले उनी स्वस्थ भएको बताएको हो । परिवारले दिएकाे आधिकारिक अभिव्यक्तिमा भनिएकाे छ, ‘विल्डिङ समुदाय र बीएमसीले शिल गरेकाे हाे । किनकी हाम्राे घर र विल्डिङमा कयाैँ वृद्धवृद्धा रहन्छन् । सामाजिक दुरी बढाउनका लागि याे पटक गणेश उत्सव पनि सामान्य थियाे ।’

यसअघि लतालाई ज्वराे र श्वास फेर्न गाह्राे भएकाे थियाे । त्यसपछि उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।यद्यपी केही दिनपछि लता स्वस्थ भइ घर फर्किएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *