सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन, जमैका विजयी
२०७७ भदौ १४ गते

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा जमैका तलावाज विजयी भएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको उत्कृष्ट जित निकालेको हो ।
जमैकाले दिएको १४८ रनको लक्ष्य पछाएको सेन्ट किट्स १९.४ ओभरमा ११० रन बनाएर अल आउट भएपछि जमैकाले खेल ३७ रनले जितेको हो ।
जमैकाका बलर कार्लोस ब्रेथवेटले ३ विकेट लिए भने सन्दीप लामिछाने, फिडेल एड्वार्ड्स र वीरासामी पेरमाउलले २-२ विकेट लिए । त्यस्तै मुजीबउर रहमानले एक विकेट लिएका थिए ।
योसँगै जमैकाले ६ खेलमा तेस्रो जित हासिल गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । त्यस्तै सेन्ट किट्सको भने यस सिजनमा यो छैठौ खेलमा पाँचौ हार हो ।
२०७७ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित








