चितवनमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ १३ गते

प्रतिकात्मक तस्वीर।
चितवन । चितवन मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासी जिल्ला निवासी ६२ बर्षिय एक पुरुषको बेलुका करिब ७ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
४ गते अस्पताल भर्ना भएका उनमा ५ गते कोरोना पोजिटिभ देखिएको थियो ।
शनिबार बिहान पनि मकवानपुर हेटौंडा ५ कि ४९ बर्सिया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।
२०७७ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








