कोरोना संक्रमणबाट उपत्यकाका ६ सहित देशभर थप १२ जनाको मृत्यु, मृतक संख्या २ सय नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ ।

३ जना महिला र ९ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पुष्टि पाल्पाकी ३० वर्षीय महिला, काठमाडौंकी ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षीय महिलाको मृत्यु भएको हो । त्यस्तै पर्साका ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहाका ८४ वर्षीय, गोरखाका ३८ वर्षीय, कास्कीका ५८ वर्षीय, काठमाडौंका ८३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै कोरोना संक्रमणबाट ललितपुरका ७३ र ६१ वर्षका दुई पुरुष र भक्तपुरका ८२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *