दुई स्वास्थ्यचौकी प्रमुखसहित १२ जनामा कोरोना संक्रमण पुष्टि

  • ध्रुवराज खनाल

चितवन । चितवनको खैरहनीमा १२ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

धुलिखेल कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुमा २ जना स्वास्थ्यकर्मी छन् ।

कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकी प्रमुख सहित १२ जनामा संक्रमण देखिएको खैरहनीका मेयर लालमणी चौधरीले बताए । संक्रमितहरु २७ देखि ६५ उमेर समूहका ९ जना पुरुष र २५, ४६ र ४९ वर्षका तीन जना महिला गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।

अन्य २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण देखिएका केहिलाइ टरौली आइसोलेसन र केहिलाइ होम आइसोलेसनमा राखिएको मेयर चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *