एकैदिन थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, ३१३ संक्रमित निको भएर फर्किए

काठमाडौं । आज (शनिबार) थप ८८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजै मात्र ३१३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । संक्रमितमध्ये २० हजार ५५५ जना निको भएर फर्किसकेका छन् । आईसीयुमा १७५ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा २२ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ५१६ जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले जानकारी दिए । क्वारेन्टिनमा ८ हजार ३५ जना छन् । १६ हजार ५७८ सक्रिय संक्रमितकाे उपचार चलिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *