महोत्तरीका थप दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । महोत्तरीका थप दुई जनामा मृत्युपछि कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

पीपरा गाउँपालिका वडा नंं. ७ का ७० वर्षीय पुरुष र महोत्तरीको भंगहा नगरपालिका वडा नं. १ का ३५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हाे । उनीहरू दुवैकाे शनिबार मृत्यु भएकाे थियाे । मृत्युपछि गरिएकाे परीक्षणमा उनीहरू दुवैकाे पीसीआर रिपोर्ट पोजेटिभ आएको हाे ।

मृत्यु भएका दुवै जनाको शव प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ । थप दुई जना काेराेना संक्रमितकाे मृत्यु भएसँगै महाेत्तरीमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *