झारफुक गर्ने भन्दै बाेलाएर दुई महिलामाथि जबरजस्ती करणी
२०७७ भदौ १२ गते

प्रतिकात्मक तस्विर
बाँके । झारफुक गर्ने बहानामा जबरजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमद रहेका छन् । ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बाेलाएर जबरजस्ती करणी गरेको उनीमाथि आरोप छ ।
महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ भदौ १२ गते
प्रतिक्रिया








