आइएमई जनरल इन्स्योेरेन्सद्धारा अभिकर्तालाई भर्चुअल प्रशिक्षण

 

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभड(१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षण दिएको छ ।

कम्पनीले मिति २०७७ साल भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जनाभन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *