नेकपाको सचिबालय बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौं । भोली (शनिबार) बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । कोरोना संक्रमण महामारीका कारण बैठक स्थगित गरिएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।

करिब चार महिना यता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी भएको भएपनि कोरोना महामारीका कारण बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =