माधव नेपालको सचिवालय भन्छ–‘चरित्र हत्या गर्न खोजियो’

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले चरित्र हत्या गर्न खोजिएको बताएको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपाललाई जोडेर सार्वजनिक भएका धारणा सत्य नभएको बताउँदै आफ्नो आधिकारिक फेसबूकमा यस्तो उल्लेख गरेका हुन् ।

“नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टिप्पणी भनेर विभिन्न सञ्चारमाध्यममा आएको कुरा सत्य होइन।” नेता नेपालका स्वकीय सचिव गौतमले लेखेका छन्, ‘अझ दुःखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहाँहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टि लिने नियोजित कोसिस भएको छ ।’

गत ३० श्रावणमा गठन भएको कार्यदललाई १ भदौको सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले ६ भदौमा आफ्नो प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि माधव निकट मानिने अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाललगायतका नेताहरुले प्रतिवेदनसँग आफूहरुको कुनै पनि चित्त दुखाइ नभएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *