मेस्सी क्लबमा रहे अध्यक्ष पदबाट राजिनामा दिने बार्तामेउको प्रस्ताव

एजेन्सी । बार्सिलोनाका सर्वाधिक सफल खेलाडी लियोनल मेस्सीले क्लब छाड्ने औपचारिक घोषणा गरेसँगै बार्सिलोनाभित्र देखिएको संकट निवारणका लागि क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउले मेस्सी क्लबमा रहने हो भने आफुले राजिनामा दिनसक्ने बताएका छन् ।

कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।

मार्काका अनुसार मेस्सीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएपछि बार्तामेउले मेस्सी क्लबमा रहे आफु पद छाड्न तयार रहेको बताएपछि अब मेस्सीलाई क्लबको प्रस्ताव स्विकार गर्ने कि नगर्ने दवाव बढेको छ । यद्यपि, मेस्सीले अहिलेसम्म त्यसको उत्तर दिएका छैनन् ।

मेस्सीले अध्यक्ष बार्तामेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्ध तोड्न आग्रह गरेका थिए । मेसीले क्लब छाड्ने पाउने समयसीमा पार गरेको र अझै एक वर्ष सम्झौताको अवधि बाँकी रहेपनि क्लब छाड्न चाहेका थिए ।
यदि मेसीले सार्वजनिक रुपमा आफू क्याटलोनिया क्लबमा रहने घोषणा गरेमा बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने मार्काले पुष्टि गरेको छ ।

बार्सिलोनाका स्पोर्टिङ डिरेक्टर रोमा प्लान्सले पनि यसअघि पत्रकार सम्मेलनमा मेसीलाई केन्द्रमा राखेर आफूहरु टिम बनाउन तयार भएको बताएका थिए । साथै उनले मेसीलाई क्लबमा राख्न प्रयास गरिरहेको पनि बताएका थिए ।

तर, पछिल्लो समय क्लबको खराब प्रदर्शन, साथी खेलाडीहरुबारे क्लबको निर्णय र बार्तामेउमाथि बढेको अविश्वासको कारण मेस्सी क्लब छाड्ने मनस्थितिमा पुगेका हुन् ।

च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि बार्सिलोनाको कमजोरी छताछुल्ल भएको थियो । यस्तै खेलाडीको सम्झौताको विषयमा पनि क्लबसँग मेस्सीको मतभेद रहेको थियो । स्मरण रहोस् १३ वर्षको उमेरमा मेस्सी बार्सिलोना छिरेका थिए । यो २० वर्षमा उनले क्लबका लागि अविस्मरणीय उपाधि जिताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *