काेराेना संक्रमणबाट चितवनका ५१ वर्षीय पुरूषकाे मृत्यु

  • ध्रुवराज खनाल

चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर २ क्षेत्रपुर निवासी ५१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषलाई श्वास प्रस्वासमा समस्या भएपछि भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । भदौ ८ गते उनको स्वाब लिइ परिक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । भेन्टिलेटरको सहायतामा उपचारत उनको आज (शुक्रबार) बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड १९ फोकल पर्सन डाक्टर सन्दिप पान्डेले जानकारी दिए ।

मृतक लामो समयदेखि फोक्सोको दमको बिरामी रहेको र अस्पताल भर्ना हुने समयमा पनि दुवै फोक्सोमा गम्भीर निमोनिया देखिएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

आज बिहान मात्रै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाकी एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *