भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६१ हजार नाघ्यो
२०७७ भदौ १२ गते

काठमाडौं । भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । बिहीबार एकैदिन संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार ९ सय ९४ पुगेको हो ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरण अनुसार भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५७५ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २५ लाख ८३ हजार ६३ जना संक्रमणमुक्त भइसकेका छन् भने ७ लाख ३९ हजार ८ सय १८ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार चलिरहेको छ ।
२०७७ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित








