वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दकम-३ का ८३ वर्षीय पुरुष र मोरङको बेलबारी-५ निवासी ५६ वर्षीया महिला रहेका छन् । दुवै संक्रमितको आज बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार दमक-३ घर भएका ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनलाई अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएर झापाको बि एण्ड सि टिचिङ अस्पतालबाट रिफर गरिएको थियो ।

उनी भदौ ३ गते गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन उनमा कोरोना पोजिटिभ देखिएको थियो । ती संक्रमित पुरुष मिर्गाला, उच्च रक्तचाप, मधुमेह अल्प रक्त कोशीकाका बिरामी पनि थिए ।

यस्तै मोरङको बेलबारी-५ की ५६ वर्षीया महिलाको आजै बिहान ३ः१४ बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । ती महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन् । उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =