म्यानचेस्टर सिटिका अग्युरोले इन्स्टाबाट १० नम्बरकाे जर्सी हटाउनुकाे अर्थ के हाे ?

एजेन्सी । म्यान्चेस्टर सिटिका फरवार्ड सर्जियो अग्युरोले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट नम्बर १० हटाएका छन्। उनले आफ्नो इन्स्टाग्राम ह्याण्डलबाट जर्सी नं १० हटाएपछि मेस्सी सिटिमा जान सक्ने आँकलन समर्थकले गर्न थालेका छन् ।

अहिले सर्वत्र चर्चामा रहेको विषय-मेस्सीले बार्सिलोना छाड्ने हल्लालाई यसले झनै साथ दिएको छ ।

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्लब छाड्ने निर्णय गरिसकेका छन्। उनले क्लबलाई फ्याक्स पठाउदै आफ्नो सम्झौता सकाउन अनुरोध गरेका बुझिएको छ। प्रतिष्ठित पत्रकार अनुसार मेस्सीले बार्सामा आफ्नो भविष्य नदेखेको प्रष्ट पारिसकेका छन्।

सिटिका स्टार खेलाडी अग्युरोले २०१५ यता क्लबबाट जर्सी नम्बर १० लगाउने गरेका छन्। मेस्सीले पनि बार्सिलोनाबाट खेल्दा सोही जर्सी नम्बर लगाउने गर्छन्। उनले २००८ यता बार्सिलोनाको लागि जर्सी नम्बर बाट १० लगाउदै आएका छन् र राष्ट्रिय टोलिबाट पनि सोही जर्सी नम्बर लगाउने गर्छन्।

https://www.instagram.com/kunaguero/?hl=en

लियोनेल मेस्सीले क्लब छाडे भने उनको प्रमुख गन्तव्य म्यानचेस्टर सिटि हुन सक्छ । प्रत्येक पटक मेस्सीको क्लब छाड्ने चर्चा आउने बेला सिटि उनलाई अनुबन्ध गर्न अगाडि आइपुग्छ । यस्तै सिटीका प्रशिक्षक पेप ग्वार्डिओला कारण मेस्सी त्यहाँ जान सक्ने सम्भावना रहेको छ । मेस्सी र ग्वार्डिओलाबीच बार्सिलोनामा रहँदा राम्रो सम्बन्ध रहेको थियो ।

मेस्सीलाई लिन सक्ने बलियो आर्थिक अवस्था भएको क्लब मध्ये सिटी एक हो । च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेस्सी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ । मेस्सीका मिल्ने साथी सर्जियो अगुएरो पनि त्यहि रहेकाले उनी जान सक्ने अर्को कारण हो । यस्तै घरेलु लिगमा सफलता पाएपनी युईएफए च्याम्पिएन्स लिगमा सफलता नपाएको सिटिले मेस्सी चाहन्छ ।

तर सिटिले आज सम्म २८ वर्ष भन्दा बढी उमेरका खेलाडीलाई २० मिलियन अमेरिकी डलर तिरेको छैन । यदि तिर्न तयार भएको खण्डमा पनि युईएफएको फाइनान्सियल फेयर प्लेको नियम भित्र नपर्न सक्छ ।

आरएसि १ र टिवइसिको रिपोर्ट अनुसार मेस्सीका पिता जर्ज म्यान्चेस्टर प्रस्थान गरेर मेस्सीको बारेमा छलफल गरिरहेका बुझिएको छ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता भने जुनमा समाप्त हुने छ र मेस्सीलाई क्लबमा राख्न बार्सिलोनाले पहल गरिरहेको बुझिएको छ। मेस्सी बार्सिलोना छाडेको खण्डमा उनको रिलिज क्लज ६३० मिलियन पाउन्ड खर्चिएर कुनै पनि टोलिले उनलाई भित्र्याउन पर्ने हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *