कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो : सरकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको बताएका छन् ।

बिहीबार (आज) सरकारद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेको निर्णयहरु सुनाउँदै प्रवक्ता खतिवडाले यस्तो बताएका हुन् ।

“औपचारिक रुपमा छलफलसमेत भएको छैन । उहाँलाई नियुक्ति दिइएको छैन । कुराकानीसमेत भएको छैन ।” अर्थ तथा सञ्चार मन्त्रालयका जिम्मेवारीसमेत सम्हालिरहेका खतिवडाले भने, ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो ।’

यस्तै उनले यस विषयमा सरकारले सोचिनसकेको पनि बताए । केही दिनअगाडि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै दोहोर्याइएको समाचार मूलधारे सञ्चारमाध्यमले समेत सम्प्रेषण गरेका थिए ।

अहिले सर्वसाधारणदेखि कुलाकार तथा सरोकारवालाहरुले कार्यकारी निर्देशकमा घिसिङ नै दोहोरिनुपर्ने माग गर्दै आएका छन् । घिसिङको कार्यकाल आगाडि २९ भदौबाट सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =