केन्द्रीय सरकारका ६० सहसचिवको एकै पटक सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ६० जना सहसचिवलाई एकै पटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६० सहसचिव वा सो सरहका कर्मचारीको सरुवा गरेको हो।

मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको सरुवा गरेको हो। बुधबार केन्द्र सरकारको विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका सहसचिवहरुलाई प्रदेशमातहतका कार्यालयसम्म सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव सुदूरपश्चिम सरुवा
यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टलाई सुदूरपश्चिम प्रदेश सरुवा गरिएको छ । उनलाई सुदूरश्चिमको सामाजिक विकास मन्त्रालयमा खटाइएको छ।

उनको ठाउँमा स्वास्थ्य मन्त्तालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश १ मा कार्यरत रहेका दामोदर रेग्मी आएका छन्। स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी सहसचिव दामोदर रेग्मीलाई दिएको छ।

सूची :

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977023851″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *