विदेश अध्ययनमा जानेहरुका लागि ‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय

काठमाडौँ । अध्ययनका लागि विदेश जानेहरुका लगि ‘नो अब्जेक्सन लेटर’ खुल्ला गर्ने निर्णय भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विदेशमा अध्ययन गर्न जानेहरूका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको हो।

गत चैतदेखि वितरण बन्द गरिएको ‘नो अब्जेक्सन लेटर’ खुला गर्ने निर्णय गरेको उच्च स्रोतले बताएको छ ।

यस अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन पहिलो साता एक सूचना जारी गर्दै मन्त्रालयबाट दिईँदै आएको ‘नो अब्जेक्सन लेटर’ को प्रक्रिया अनलाइनबाटै गरिने जानकारी दिएको थियो ।

‘नो अब्जेक्सन पत्र’ अब अनलाइनबाटै

विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *