शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सर्च कमिटी गठन

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरिएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न कमिटी गठन गरेको हो ।

शिक्षा ऐनमा व्इवस्था भएअनुसार शिक्षक सेवा आयोगमा १ अध्यक्ष र १ महिलासहित २ जना सदस्य गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । तर हाल दुई पद रिक्त छन् ।

शिक्षा ऐनमा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिसमा नेपाल सरकारले आयोगका पदाधिकारीहरूको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =