रिलायन्स इन्स्योरेन्सको आइपिओमा सर्वाधिक आवेदन

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले जारी गरेको आइपिओमा नेपालको पुँजी बजारकै इतिहासमा सर्वाधिक आवेदन परेको बताएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले आज विज्ञप्ति जारी गर्दै असोज ४ गतेदेखि ८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरेको रु. १०० अंकित दरका ६३,००,००० कित्ता साधारण शेयरमा करिब ६,०९,००० लगानीकर्ताहरुबाट आवेदन प्राप्त भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए ।

कम्पनीले निष्काशन गरेको धितोपत्रको ३.८५ गुणाका लागि आवेदन परेको हो । रिलायन्स इन्स्योरेन्स पछिल्लो आइपिओ जारी गर्न अनुमति पाएका मध्ये पहिलो इन्स्योरेन्स कम्पनी हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपिओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लि., शेयर प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लि.रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *