सुशान्तसिंह हत्या प्रकरण : एनसीबीको प्रवेश, महत्वपूर्ण बैठक बस्दै

एजेन्सी । सुशान्तसिंह राजपूतको केसमा हरेक दिन नयाँ खुलासाहरु हुँदै आएका छन् ।

सीबीआई अनुसन्धानको आज छैटौं दिन हो । रियाको लागूपदार्थको सम्बन्ध राजपूतको प्रकरणमा पनि आएको छ । अब नारकोटिक्स नियन्त्रण ब्यूरो [एनसीबी]ले यसलाई ठूलो मात्रामा अनुसन्धान गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा सन्दीप सिंहको भूमिका पनि रहेको सीबीआई श्रोतले जनाएको आजतकले जनाएको छ । सन्दीप सिंहले आफूलाई सुशान्तको घनिष्ठ मित्रको रूपमा वर्णन गर्दै आएका छन् ।

तर, उनको कल डिटेल्सले फरक कहानी बताएको सीबीआई अनुसन्धानबाट खुलेको छ । यसबीच सीबीआईको सोधपुछ जारी राखेको छ ।

सीबीआई कुनै पनि समयमा रिया र परिवार बाहेक सन्दीप सिंहलाई ‘समन’ पठाउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *