यौन जीवनमा महिला पार्टनरका जान्नैपर्ने पाँच कुरा

काठमाडौं । श्रीमान श्रीमती यौनका विषयमा जति खुल्ला रुपमा कुरा हुन्छ यौन जीवन रसमय र सुन्दर हुन्छ । यौनका मामलामा पुरुषहरुले सजिलै भावना व्यक्त गरेपनि महिलाहरु भने सक्दैनन् ।

खासगरी यौन सम्बन्धका बेला श्रीमान श्रीमती दुवैले चरम सन्तुष्टि प्राप्त गर्नका लागि पनि दुई वीच खुल्ला कुराकानी हुन जरुरी रहेको भएपनि नेपाली समाजमा भने यौनका मामलामा महिलाहरु कमजोर अथवा आफ्ना चाहना लुकाउने गर्दछन् । यौन जीवनका बारेमा महिलाहरूले खुलेर कुराकानी नगर्दा उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन् ।

केके कारणले यौन जीवनमा महिलाहरु निराश हुन सक्छन् ?

१. महिलाहरू सम्बन्धमा तपाईंको प्रेम, स्नेह र सम्मानको महसुस गर्दैनन् भने उनीहरूको लगाव कम हुन्छ । यस्तो अवस्थामा शारीरिक घनिष्ठता उनीहरूले सोच्नसमेत सक्दैनन् । शारीरिक सम्बन्धमा सामेल भए पनि उनीहरूले त्यसमा विल्कुलै मनोरञ्जन गर्न सक्दैनन् । एकतर्फी प्रेम र शारीरिक स्पर्षले माया हैन पिडा दिन्छ ।

२. धेरैजसो महिलाहरूले कार्यालयको कामका साथै घरको काम र पारिवारिक जिम्मेवारीसमेत निभाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरू शारीरिक र मानसिक रूपमा थकान र तनाव महसुस गर्छन् । यो अवस्थामा पनि उनीहरू शारीरिक सम्बन्धमा रुचि देखाउँदैनन् । यस्तो बेला पुरुष पार्टनरले महिला पार्टनरको शारीरिक, मानसिक अवस्था बुझेर उसलाई सहज हुने वातावरण बनाई दिनुपर्छ ।

३. यौन जीवनलाई दिक्दारी मान्नु र सम्बन्धमा प्रेम र कुनै प्रकारको ‘इमोसन’को अनुभव नगर्दा पनि महिलाहरू यौन जीवनमा टाढा हुने गर्छन् । उनीहरू आफ्नो पार्टनरको शारीरिक सन्तुष्टिका लागि यौन सम्बन्धमा सामेल भएको हो भन्ने कुरा तत्कालै अनुभव पाउन सकिन्छ । यस्तो भएमा महिलाले शारीरिक सम्बन्धमा दूरी बनाउन थाल्छन् । त्यस्तो अवस्थामा पुरुषले महिलालाई कसरी आकर्षित गर्ने, उसलाई कस्तो गर्दा सहज महशुष हुन्छ वा उसले के खोज्दैछ भन्ने कुरा महत्वपूर्ण हुन जान्छ ।

४. महिलाहरू आफ्नो ‘लुक्स’लाई लिएर धेरै संवेदनशील हुन्छन् । बढ्दो तौल, पार्टनरको आकर्षण र प्रेम नदर्शाउने गर्दा पनि उनीहरूले यौन जीवनमा आफ्नो आत्मविश्वास गुमाउँछन् । यस्तो अवस्थामा शारीरिक सम्बन्ध कायम भएमा पनि उनीहरूले सहजता महसुस गर्दैनन् । पुरुष पार्टनरले महिलाको भावना अनुसार कदर गर्न सक्नुपर्छ । शारीरिक रुप रंगमा कमेन्ट गर्नु हुँदैन । बरु प्रशंशा गर्ने, जिस्क्याउने, आलिंगन गर्ने, चुम्बन गर्ने कृयाकलापलाई प्राथमिकता दिनुपर्छ । महिलाका बारेमा अर्को कुनै पनि महिलासँग दाँजेर कदापी कुरा गर्नुहुँदैन ।

५. धेरैजसो महिलाले यौन सम्बन्धमा आफूलाई कुन कुरा मनपर्छ र कुन कुरा मनपर्दैन भनेर बताउन चाहँदैनन् । यो कुराले उनीहरूलाई असहजता महसुस हुँदै जान्छ र तनावको कारक बन्न सक्छ । त्यसकारण महिलाले कस्तो आसन रुचाउँछन्, सहजता प्रकट गर्छन्, कस्तो वातावरणमा खुलेर शारीरिक सम्पर्क राख्न चाहन्छन् महत्वपूर्ण हुन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *