तीन जिल्लाका प्रजिअहरुको संयुक्त बैठक बस्दै, निषेधाज्ञा लम्बिने

काठमाडौं । जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठक बुधबार (आज) बस्दै छ ।

गत बुधबार मध्यरातिदेखि जारी एक हप्ते निषेधाज्ञाको अवधि आजै रातिको १२ बजेबाट सकिँदैछ । तर संक्रमण बढिनै रहेकोले निषेधाज्ञाको अवधि पुनः थप्ने गरी बैठक बस्न लागेको काठमाडौं प्रजिअ जनकराज दाहालले मकालु खबरलाई जानकारी गराए ।

“आज बैठक बस्दैछ । बैठकले निषेधाज्ञा थप्ने वा हटाउने आज निर्णय गर्नेछ । सम्भवतः निषेधाज्ञा जारी हुनेछ ।” प्रजिअ दाहालले भनेका छन् ।

अब पक्कै लम्बिन्छ नै होला कति दिन लम्बिन्छ ? भनेर मकालु खबरले राखेको जिज्ञासामा प्रजिअ दाहालले भने–‘सम्भवतः केही थपिन्छ नै होला । किनकी, संक्रमणदर बढ्दो छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाभित्र संक्रमितको संख्या ३ हजार कटिसकेको छ । यसभन्दा अगाडि पनि प्रजिअ दाहालले निषेधाज्ञाको पालना नगर्नेहरुविरुद्ध आफूहरु ‘एक्सन’मा जाने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *