कोरोना संक्रमणबाट काँग्रेस नेताको मृत्यु, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट नेपाली काँग्रेसका नेता गाेविन्द रञ्जितकाे मृत्यु भएकाे छ ।

मृतक रञ्जित काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति हुन् । ६७ वर्षीय उनको उपचारका क्रममा आज बिहान मृत्यु भएकाे हाे । वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत उनीमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *