विश्व स्वास्थ्य संगठन भन्छ– ‘नेपालमा कोरोना संक्रमण अझै बढ्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोश भ्यान्डिलियरले नेपालमा कोरोना संक्रमण अझै बढ्न सक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

अहिले विदेशबाट फर्किएकामा मात्रै नभएर समुदायमा पनि देखिन थालेका कारण संक्रमण अझै बढ्न सक्ने उनको भनाइ छ ।‘बीचमा संक्रमित घटेका थिए । तर अहिले वृद्धवृद्धामा समेत केशहरु बढ्न थालेको छन्, जुन हामीले आगामी हप्ता र महिनाहरुमा संक्रमण निकै बढेको देख्‍ने छौँ । यो सुरुवात मात्रै हो, अझै नराम्रा दिनहरु आउन बाँकी छ’, उनले भने ।

अहिले कोरोना संक्रमणको सुरुवात मात्र भएको र अझै नराम्रा दिनहरु आउन बाँकी रहेको कुरा मानिसहरुले बुझ्‍नुपर्ने उनले बताएका छन् । त्यस्तै उनले अन्य देशको समग्र जनसंख्यामा १ देखि २ प्रतिशतमा मात्रै कोरोना देखिएको उल्लेख गर्दै नेपालमा अहिले ० दशमलव १ प्रतिशतको अवस्थामा रहेको पनि बताए । केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको पनि जानकारी गराए । कन्ट्याक्ट ट्रेसिङ पनि बढाउनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *